काठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधमानमन्त्री ओली आगामी चैत २३ गते भारत भ्रमणमा जाने भएका हुन् ।नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका छन् । ओली आगामी चैत २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् भने २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच हुने भेटको समय भने सार्वजनिक गरिएको छैन ।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया