स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राज्यमन्त्री अर्याललाई

काठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्री पद्या अर्याललाई दिएका छन् । अर्यालले स्वास्थ्य मन्त्रालयको पूर्णरुपमा जिम्मेवारी पाएकी हुन् ।यसअघि प्रधानमन्त्री ओली सँगै रहेको स्वास्थ्य मन्त्रालय संघीय समाजवादी फोरम नेपालका लागि छुट्याइएको थियो । तर, फोरम सरकारमा सहभागी नभएपछिप्रधानमन्त्री ओलीले राज्यमन्त्री अर्याललाई मन्त्रालयको जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।राज्यमन्त्री अर्याल एमाले केन्द्रीय सदस्य समेत हुन् । उनी  स्याङजा क्षेत्र नं. २ सांसद पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?