प्राचीन खेल डोरी तान देशभरि विस्तार

RSS
21
Shares

काठमाडौं । जुनसुकै उमेर समूह तथा लिङ्गका व्यक्तिबाट रमाइलो गर्दै खेलिने प्राचीन डोरी तान खेललाई देशव्यापीरूपमा विस्तार गरिने भएको छ ।

परम्परादेखि नै चल्दै आए पनि पछिल्लो समयमा यी खेल ओझेलमा पर्दै गएपछि डोरी तान्ने नेपालको पुरानो खेललाई जोगाउन नेपाल डोरी तान सङ्घले यो खेललाई देशव्यापीरूपमा विस्तार गर्ने भएको हो ।

यसै क्रममा डोरी तान सङ्घ नेपाल टग अफ वारवाग्मती प्रदेशका अध्यक्षमा सुन्दरकुमार शाक्य भक्तपुर चयन भएका छन् ।

उपाध्यक्षमा आशिष श्रेष्ठ ललितपुर, सचिवमा निरोज महर्जन ललितपुर, कोषाध्यक्षमा जमुना महर्जन मकवानपुर र सहसचिवमा मुरारीप्रकाश सञ्जेल काठमाडौंँ चयन भएका सङ्घ केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक भुवनलाल श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी प्रदेश सदस्यमा कर्मावाङ्गेल लामा सिन्धुपाल्चोक, ओम प्रधान सिन्धुली, रमेश श्रेष्ठ धादिङ, प्रल्हाद खनाल काठमाडौं, नारायणप्रसाद श्रेष्ठ रामेछाप, जानकी गुरुङ काठमाडौं,, हीरा शर्मा नेपाल काभ्रे र श्रीराम दाहाल

काठमाडौं, चयन भएका छन् । जिल्ला शिक्षा अधिकारी हुँदै शिक्षा मन्त्रालय एवं मातहतका कार्यालयमा सेवा गर्दै हाल अवकाशप्राप्त अध्यक्ष शाक्यले खेललाई विद्यालयस्तरमा विस्तार गर्दै लगिने बताएका छन् ।

नेपाल टग अफ वारका केन्द्रीय अध्यक्ष भवानी पौडेलले कार्यक्रममा सङ्घका भावी योजना, कार्ययोजना, विगतमा भएका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

सङ्घ केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेशका संयोजक श्रेष्ठले चयन भएका समितिको नामावली घोषणा गर्दै सङ्घलाई बाँकी दुई प्रदेश र जिल्ला हुँदै देशभरि विस्तार गरिने बताएका छन् ।

कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं १ का अध्यक्ष सूर्य भण्डारीले स्कूल र कलेजमार्फत डोरीतान खेललाई विस्तार गरिँदै लगेको बताएका छन् ।

अन्तरराष्ट्रिय डोरी तान महासङ्घको नियमानुसार प्रत्येक खेल बेष्ट अफ थ्री नकाउटका आधारमा खेलाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?