गच्छदारले भने, ‘ईयूको प्रतिवेदन सार्वभौम राष्ट्रमाथि हस्तक्षेप’

विराटनगर, १४ चैत । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले युरोपियन युनियनले हालै ल्याएको प्रतिवेदन सर्वभौम राष्ट्रमाथिको हस्तक्षेप भएको बताएका छन् ।नेपाली जनताले बनाएको सार्वभौम संविधानबारे टिका टिपणी गर्ने अधिकार कुनै विदेशी राष्ट्रलाई नभएको भन्दै उनले ईयूलाई नेपालको संविधानबारे टिप्पणी गर्ने अधिकार नभएको बताए ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गच्छदारले नेपालको संविधानले दिएको आरक्षणका विषयमा ईयूलाई बोल्ने अधिकार नभएको बताए ।कांंग्रेस नेता गच्छदारले वर्तमान सरकारले एक सय दिन पनि पूरा नगरेको अवस्थामा अहिले नै सरकारकोे काम कारबाहीका विषयमा टिका टिप्पणी गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?