काठमाडौं, १४ चैत – विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘वारेन्ट’ जारी गरेको छ ।ओली र प्रचण्डका नाममा जनअदालतमा मुद्दा परेको भन्दै विप्लव नेतृत्वको पार्टीको रोल्पामा रहेको केन्द्रीय जनअदालतमा उपस्थित हुन १५ दिने ‘वारेन्ट’ जारी गरेको हो ।केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट मंगलबार जारी भएको उक्त वारेन्टमा १५ दिनभित्र जनअदालत रोल्पामा उपस्थित हुन भनिएको छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही गर्ने समेत वारेन्ट पत्रमा उल्लेख छ ।पत्र हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया