काँग्रेससँग डराएर बाम एकता

नेपालगञ्ज, २२ असोज  – नेपाली काँग्रेसका नेता एवंम् पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपाली  काँग्रेस सँग डराएर   कम्युनिष्ट पार्टीहरु बाम एकता गरेको दाबी गर्नुभएको छ  ।  शनिबार  बाके क्षेत्र नं. १ मा स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुका लागि पार्टी द्धारा आयोजीत सम्मान तथा प्रशिक्षण समारोहमा बोल्दै नेता कण्डेलले यस्तो दाबी गर्नुभएको हो  ।पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले काँग्रेसको जनलहरलाई देखेर पहिलेनै डराएर बाम एकता भएको दाबी गर्दै नेता कण्डेलले लोकतन्त्रबादी शक्तीहरु एक भई अब बाम एकतालाई सफाया गर्ने दाबी गर्नुभयो  ।सो अवसरमा नेता कण्डेलले कम्युनिष्ट पार्टी बाम एकतालाई अस्थाई दरबन्दीको संग्या दिदै नेता कण्डेलले सो एकता  धैरै लामो नजाने दाबा गर्नुभएको  छ  । सबै लोकतन्त्रबादी शक्तीहरु एक भएर आशन्न प्रदेश र संघ निर्वाचनमा लोकतन्त्रवादी शक्तीलाई थप मजवुद बनाउनुपर्ने जिकिर गर्नुभयो  ।क्षेत्रिय सभापति माधब ढकालको सभाअध्यक्ष तथा यम बहादुर खड्कका संयोजक रहेको सो कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष धमेन्द्र झा  , महेश दाहाल लगायतले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रशिक्षण दिनुभएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?