ऊर्जामन्त्री भेट्न भारतीय राजदूत सिंहदरबारमा

काठमाडौं–भारतिय राजदूत मंजिवसिंह पुरीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेटवार्ता गरेका छन । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ ।भेटमा भारयित राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना र पंचेश्वरलाई अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिएका थिए ।मन्त्री पुनले भारतिय राजदूतलाई भारतबाट आयात भइरहेको पावर ट्रेडिङको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत आयात गर्न नेपाल ईच्छुक रहेकोे धारणा राखेका थिए । हाल नेपालले ४ सय मेगावाट बरावर भारतबाट विजुली आयात गरिरहेको छ ।उहाले वुटवल–गोरखपुर ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपाललाई सहयोग गर्न पनि राजदूत पुरीसंग आग्रह गरेका थिए ।भेटमा राजदूत पुरीले मन्त्री पुनको प्रस्तावप्रती भारत सरकार सकरात्मक भएको र मोडालिटीको बारेमा छलफल गर्नुपर्ने धारणा राखेका थिए ।राजदूतसंगको भेटमा उर्जामन्त्री पुनले पंचेश्वर जलविद्युत आयोजना नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?