९ चैत्र २०७९, बिहीवार

पोटाउन लागेको धानमा विभिन्न रोगकारण उत्पादन घट्ने

२०७४,आश्विन,२२,आईतवार ०५:०७

0
Shares

रत्ननगर, चितवन, २२ असोज ।चितवनमा पोटाउन लागेको धानमा विभिन्न रोग देखा परेको छ । निस्किन लागेको धानमा रोग देखिएपछि किसान प्रभावित भएका छन् ।भरतपुरका किसान मुक्तिप्रसाद अधिकारीले आफ्नो दुई बिगाहाभन्दा बढीमा लगाएको धानमा रोग लागेर पहेँलपुर भएको बताए । विषादी हाल्दासमेत रोग नियन्त्रणमा नआएपछि धान उत्पादन घट्ने चिन्ता भएको उनले बताए । सँधियारका धान पनि रोग लागेर पहेँलो भएको उनको भनाइ छ ।चितवनको पूर्वी क्षेत्रमा धान निस्किसकेको अवस्थामा रोग लागेकाले उत्पादन सोचेअनुसारको देखिएको छैन । अहिले पश्चिम क्षेत्रमा रोगको प्रकोप भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेले जानकारी दिए ।“धानमा एउटा मात्रै रोग छैन, विभिन्न रोग देखियो, खाद्य तत्वको असन्तुलन भएको अनुमान गरेका छौँ, कारण पत्ता लाग्न सकेको छैन ।”, उनि भन्छन, “धानको गुबो मर्ने, पात सुक्ने, खैरो र पहेँलो हुने, पातमा ढुसी देखिने र फड्के किरासमेत देखिएको छ ।”गएको वर्ष यतिबेला चिसो भइसक्ने भए पनि अहिले चिसो नहुँदा पनि समस्या भएको अनुमान गरिएको प्राविधिक सहायक लामिछाने बताउँछन । शीत परेपछि केही रोग आफैँ हट्ने गरे पनि अहिले शीत पर्नसमेत ढिला भएको कृषि विज्ञहरु बताउँछन् ।तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व डिन सुन्दरमान श्रेष्ठको भनाइ उद्धृत गर्दै खाद्य तत्वको असन्तुलन पनि एउटा कारण भएकामा लामिछाने जोड दिन्छन । कृषि कार्यालयका अनुसार अहिले समस्या पहिचानका लागि अनुसन्धान भइरहेको छ ।लगाएको धानमध्ये करिब ३० प्रतिशतमा रोग देखिएको कृषि कार्यालयको भनाइ छ । चितवनमा यसपालि २९ हजार २०० हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको थियो ।विगत वर्ष एक लाख तीन हजार मेट्रिक टन धान उत्पादन भएकामा यसपालि एक लाख २५ हजार मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको थियो तर धानमा देखिएको रोगका कारण धान उत्पादन घट्ने कार्यालयका प्राविधिक सहायक लामिछाने बताउँछन ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०५:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००