गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप

काठमाडौँ, १२ चैत – हतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ ।फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेकामा अनुसन्धान नसकिएपछि थप १० दिन म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिए ।“थप अनुसन्धान भएपछि मात्र यस सम्बन्धमा आधिकारिक प्रमाण आउँछ”, उनले भने ।हातहतियार तथा खरखजना ऐनअन्तर्गत छ महिनादेखि एक वर्षसम्म कैद, रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजायाँ हुने व्यवस्था छ ।लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनलाई यही माघमा अदालतले सफाइ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?