दुवै सदनको संयुक्त बैठक चैत १५ गते

काठमाडौँ, १२ चैत । प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले दुवै सदनको बैठक चैत १५ गते बस्ने र उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने जानकारी दिए । दुवै सदनको संयुक्त रुप संघीय संसद हो ।प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो भने राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते भएको थियो । दुवै सदनको पहिलो बैठक छुट्टाछट्टै रुपमा गत फागुन २१ गते बसेका थिए ।प्रतिनिधिसभामा अध्यादेश पेशप्रतिनिधिसभाको आजको बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ पेश भयो ।संसदको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले उक्त अध्यादेश पेश गरेका हुन् ।बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसद रवीन्द्र अधिकारीको सट्टामा रामवीर मानन्धरलाई राखिएको छ । सभामुख महराले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सदस्यको नाम हेरफेरका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत १६ गते दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?