अब वडाध्यक्षले पनि कुटनीतिक राहदानी पाउने

काठमाडौँ, १२ चैत- सरकारले वडाध्यक्षसम्मका जनप्रतिनिधिलाई कुटनीतिक राहदानी दिने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गाउँपालिकका प्रमुख र जिल्ला समन्वय समितिका संयोजकलाई समेत कुटनीतिक राहदानी दिने निर्णय गरेको हो ।यसअघि पूर्वप्रधानमन्त्री, मन्त्री, सांसदलगायतका उच्चअधिकारीले मात्रै पाउने गरेको यो पासपोर्ट सरकारले गाउँपालिका अध्यक्षासम्मलाई दिने निर्णय गरेको हो ।त्यस्तै सरकारले रक्षा मन्त्रालयका १३ जना महासनेनानीको २ वषर््ा म्याद थपेको छ । यसैगरी मन्त्रिपरिषदले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा बाराका अच्युत मैनालीलाई नियुक्त गरेको छ भने प्रेस सल्लाहकारमा डा कुन्दन अर्याललाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?