इयु प्रकरणमा बल्ल बोल्यो कांग्रेस

काठमाडौं, १२ चैत । काँग्रेसले युरोपियन युनियनको निर्वाचनसम्बन्धि प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।दुई दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेतहरुले ईयुले निर्वाचनसम्बन्धि सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएका हुन् ।कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, यूरोपियन युनियनको निर्वाचनसम्बन्धि प्रतिवेदनप्रति कांग्रेस नेताहरुले आपत्तिजनक जनाएका छन् । ‘युरोपली युनियनको प्रतिवेदनमा रहेका केही अंश गम्भीर र आपत्तिजनक छन्’ उनले भने ।उनका अनुसार कांग्रेसले यूरोपियन युनियनलाई आफ्नो मर्यादाभित्रै रहेर गतिविधि गर्न पनि सचेत गराएको बताए । ‘निर्वाचनको पर्यवेक्षणका लागि आएको युरोपेली युनियनले प्रतिवेदन जारी गर्दै गर्दा संविधानमाथि नै गरेको टिप्पणी कार्यक्षेत्रभन्दा बाहिर गएको छ । मर्यादाबाहिर गएर गरेको टिप्पणीप्रति हाम्रो आपत्ति छ’ उनले भने ।उनले इयु प्रतिनिधिमण्डलको प्रतिवेदनका केही अंशप्रति आपत्ति जनाउँदै क्षेत्राधिकार नाघेर प्रतिवेदन आएको आरोप लगाए । तेस्रो दिनको आजको बैठकमा गोविन्द भट्टराई, रमेश लेखक, डा डिला संग्रौला र लक्ष्मी परियारले धारणा राखेका थिए ।प्रतिनिधिसभाको बैठकका कारण आजको काँग्रेस बैठक स्थगित भई पुनः अपराह्न बस्ने बताइएको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?