इम्युनिटी बढाउन खाली पेटमा यी चीजहरू खानुहोस्

लोकपथ
2.1k
Shares

कोरोना भाइरसको सङ्क्रमण बढेपछि अहिले आम मानिसहरूमा रोग प्रतिरोधी क्षमता (इम्युनिटी पावर) बढाउनु पर्छ भन्ने जनचेतना बढ्दै गएको छ । कोरोना भाइरसको सङ्क्रमण हुन नदिने विभिन्न सुरक्षाका उपायहरू अपनाउँदा पनि धेरै व्यक्तिहरू यसबाट सङ्क्रमित भएका छन् । कतिपय सङ्क्रमण भएका व्यक्तिहरूले रोग प्रतिरोधी क्षमता बढाउने खानेकुराको सेवन गरेकै कारणले आफूले कोरोनालाई जितेको बताएपछि यस्ता किसिमका खानेकुरा प्रति धेरैको चासो बढेको छ । त्यसैले आम मानिसहरूमा रोग लाग्न दिनु भन्दा रोग प्रतिरोधी क्षमता बढाउने खानेकुरा खाएर कोरोना सङ्क्रमण हुन नदिने भन्ने नै सोचाइ बढेको छ ।

कोरोना सङ्क्रमण हुने सम्भावनालाई कम गर्ने धेरै किसिमका खानेकुराहरू रहेका छन् । यो लेखमा खाली पेटमा केही खानेकुराहरूलाई नियमित सेवन गरेर रोग प्रतिरोधी क्षमता बढाउने विषयमा चर्चा गरेका छौँ ।

मह

दैनिक रूपमा खाली पेटमा महको सेवन गर्दा शरीरको रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ । महमा भिटामिन सी, भिटामिन बी, राइबोफ्लेविन, कार्बोहाइड्रेट र एन्टी–ऑक्सीडेन्ट रहेको हुन्छ । यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

महमा प्राकृतिक रूपमा ग्लुकोज र फ्रुक्टोज हुन्छ जुन मधुमेहका बिरामीहरूका लागि हानिकारक मानिँदैन । मधुमेह भएका व्यक्तिले दिनको सीमित मात्रामा मह सेवन गर्न सक्दछन्। महले पाचन क्रियालाई पनि स्वस्थ बनाउँदछ ।

अमला

अमलालाई धेरै अर्थमा बहुगुणकारी फल मानिन्छ । यो फलमा भिटामिन सी र एन्टि अक्सिडेन्ट लगायत धेरै पौष्टिक तत्त्वहरू पाइन्छ । रोग प्रतिरोधी क्षमता बढाउन भिटामिन सी र एन्टि अक्सिडेन्टले धेरै नै मद्दत गर्छ । अमलालाई दैनिक बिहान खाली पेटमा सेवन गर्नु भयो भने तपाईँलाई भाइरल ब्याक्टेरियाबाट हुने सङ्क्रमणहरू कमै हुने गर्छ । अमलाको नियमित सेवनले तपाईँको दृष्टि क्षमतालाई राम्रो समेत गर्छ ।

लसुन

धेरै किसिमको औषधीय गुण रहेको लसुनमा यान्टिबायोटिक र एन्टि ब्याक्टेरियल गुण पनि रहेको हुन्छ । लसुनमा भएको यो गुणले शरीरमा रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बिहान खाली पेटमा २ पोटी लसुन नियमित सेवन गर्ने हो भने यसले रोग प्रतिरोधी क्षमता बढाउनुका साथै रक्तचापलाई समेत नियन्त्रण गर्न मद्दत गर्छ ।

लहसुनमा रहेको एलिसिन भनिने तत्त्वले रगतमा रहेको चिनीको मात्रालाई समेत नियन्त्रण गर्दछ । यो बाहेक लसुनको सेवनले मुटु र फोक्सोलाई सक्रिय बनाउँछ भने रगतलाई शुद्ध बनाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?