आर्थिक समृद्धि र विकास अहिलेको मुलुकको आवश्यकता: गृहमन्त्री

काठमाडौँ, ११ चैत- गृहमन्त्री रामबहादुर थापाले आर्थिक समृद्धि र विकास अहिलेको मुलुकको आवश्यकता रहेको बताएका छन । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नृतृत्वमा गएको नेपाल चेम्वरको एक प्रतिनिधिमण्डलसँंग आइतबार गृह मन्त्रालयमा भएको भेटघाटमा मन्त्री थापाले यसका लागि चेम्वरको सहयोगको आशा राखे । मुलुकलाई समृद्ध बनाउने दिशातर्फ अगाडि वढ्न चेम्वरसँंग सहकार्र्य गरेर अगाडि वढने उनले बताए । उनले उद्योगी र व्यावसायीहरुको सुरक्षाका लागि गृह मन्त्रालय प्रतिवद्ध रहेको बताए ।नेपालमा लगानीको वातावरण सृजना गर्नेतर्फ मन्त्रालयले आवश्यक सवै सुरक्षाको वन्दोवस्त मिलाउने उनले बताए । मुलुकभित्रै प्रसस्त उद्योगधन्दा सञ्चालन गरी रोजगारीको सृजना गर्नेगरी औद्योगिक क्रान्ति आवश्यक रहेको उनको भनाई थियो । साथसाथै उनले कामका लागि दैनिक विदेश जाने नेपाली जनशक्तिलाई स्वदेशमै रोजगारीको बातावरण बनाउन स्वदेशमा लगानी तथा उद्योगधन्दा सञ्चालन हुनुपर्नेमा जोड दिए । काठमाडौंको ट्राफिक जामको समस्या हटाउन मन्त्रालयले विशेष पहल थालेको जानकारी उनले दिए । चेम्वरले दिएको सुझाबहरुलाई यथाशिघ्र सम्वोधन गर्ने प्रतिवद्धता उनले जनाए ।भेटघाटमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग व्यवसायीको विविध क्षेत्रमा देखिएका समस्याबारे मन्त्री थापाको ध्यानाकर्षण गराए । उनले व्यापारीसँंग जवरजस्ती चन्दा, आर्थिक सहयोग माग्ने प्रबृति अन्त हुनुपर्ने खाँंचो औल्याए । ढुवानीमा हुने गरेको कार्टेलिंगलाई हटाउनुपर्ने आवश्यकता पनि उनले राखे । नेपाल र चीन नाकामा हुने विविध समस्याहरुबारे विशेष ध्यानाकर्षण गराउँंदै उनले ती क्षेत्रमा सहज आवागमन हुनुपर्ने बताए ।आवश्यक भन्दा वढी सार्वजनिक विदाले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पारेको भन्दै उनले विदा कटौती गर्नुपर्ने, सार्वजनिक विदामा पनि बैंक तथा वितीय संस्थाहरु सुचारु हुनुपर्ने आवश्यकता औंल्याए । विभिन्न क्षेत्रबाट बजार अनुगमन हुँंदा व्यापारीलाई सास्ती हुने गरेको भन्दै उनले सहज रुपमा बजार अनुगमनको काम हुनुपर्ने बताए । २०३२।०३३ सालको कालोबजारी ऐन अहिलेसम्म पनि शंशोधन नभएकोमा उनले चिन्ता व्यक्त गरे ।प्रतिनिधिमण्डलमा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, दीपककुमार मलहोत्रालगायतका चेम्वरका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?