विराटनगर, ११ चैत । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ प्रदेश १ सिटिइभिटी समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो रत्तदान कार्यक्रममा करिब ५० जनाले रक्तदान गरेको आयोजकले जनाएका छन् ।विराटनगरस्थित विराट हेल्थ कलेजअघि खार्जीचोकमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा सिटिइभिटी प्रदेश १ नेता दिनेश साहले सो रक्तदान कार्यक्रममा विभिन्न क्याम्पसका सभापतिहरु समेत सहभागी रहेको बताएका छन् ।रक्तदान कार्यक्रममा सिटिइभिटीका उपाध्यक्ष तथा प्रदेश १ का संयोजक बालकुमार राई, विराट हेल्थ कलेजका उपाध्यक्ष दिनेश घिमिरे, सिद्धार्थ साह, नोबेल मेडिकलका आशिष मण्डल, आम्दा कलेजका टेकनाथ नेपाल, त्रिदेवी कलेजका निर्मल कुमार राजवंशीलगायतको समेत सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया