प्रदेश नम्बर ३ की उपसभामुखको अभिव्यक्तिविरुद्द नेबि संघको प्रदर्शन

काठमाडौँ, १० चैत- प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएकोभन्दै त्यसको विरोधमा नुवाकोटमा प्रदर्शन भएको छ ।तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यवाट प्रेरित रहेको भन्दै शनिवार युवा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा मसाल जुलुस सहित प्रदर्शन गरेका हुन् । नेपाली काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ र तरुण दल सहितका भातृसंस्थाहरुले शनिवार साँझ ढुँगेवजार देखि सुरु गरेको मसाल जुलुस विदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई नेतृत्व एबम संवोधन गर्दे नेपाली काँग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले प्रदेशको उपसभामुखले समाजमा जातीय द्वन्द बढाउने र समाजमा विकृति फैलाउने कार्य गरेको आरोप लगाए ।नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले माओबादीले गाई काट्छु भन्नू कुनै अनौठो नभएको बताए । बिरोध सभामा कांग्रेस महाधिवेशन प्रतिनिधि रमेश कुमार महत ,राप्रपाका जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा, नेविसंघका केन्द्रीय सदस्य सुशिल भट्ट, पूर्व केन्द्रीय सदस्य श्रीराम श्रेष्ठ, बिद्यार्थी नेताहरु शकर पान्डे ,निरञ्जन थापा, कृष्ण मिश्र,पारस अधिकारी ,पबन थापा,स्वेच्छा उप्रेती,नमराज सुवेदी,अनिल ढकाल ,पकज रोका लगायतले उपसभामुख तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्दे जातीय र धार्मक सद्भाव भड्काउने उद्धेश्यवाट प्रेरित रहेको आरोप लगाए ।कोणसभाका सहभागिहरुले निर्वाचनमा बहुमत प्राप्त गरेको दम्भमा जनताको आस्थामा प्रहार भईरहे त्यसका विरुद्ध सशक्त प्रतिरोध गरिने चेतावनी समेत दिए ।प्रदेशसभा उपसभामुख तामाङले गाईको मासु खाएको आरोपमा पक्राउ परेका मकवानपुर जिल्लाका तीनजना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापासमक्ष माग गर्दे गाई काट्नेलाई जेल हाल्ने कानुनी प्रावधान संसोधन हुनुपर्ने माग गरेपछि उनी विवादमा तानिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?