काठमाडौँ, १० चैत – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् ।नेकपा (माओवादी केन्द्र) निकट पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा आज आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले आगामी १० दिनभित्रमा पार्टी एकता हुने गरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिए ।मन्त्री पुनले भने –“यही चैत २३ गते हुने प्रधानमन्त्रीको भारत भ्रमण अगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने गरी काम भइरहेको छ ।”संविधान जारी भई कार्यान्वयनको प्रक्रियामा रहेको अवस्थामा वाम गठबन्धनबीचको पार्टी एकतासँगै मुलुक आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढ्ने उनले बताए ।माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामप्रसाद बन्जाडे, पूर्व सभासद्द्वय विनोद पहाडी र तुलसा रानाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया