काठमाडौं, १० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले आरोप–प्रत्यारोपले पार्टी माथि उठ्न नसक्ने भन्दै अहिलेको अवस्थामा सुधार गर्न सबै सदस्य जिम्मेवार र भविष्यमुखि बन्नुपर्नेमा धारणा राखेका छन् ।जारी केन्द्रीय समिति बैठकमा आफनो लिखित ४ बुँदे धारणा राख्दै आचार्यले कांग्रेसले आफ्ना राजनैतिक एजेण्डा अझ स्पष्ट पार्दै जैजानुपर्नेमा जोड दिए । उनले कांग्रेसको नेतृत्वमा ठूलो परिवर्तन भएपनि परिवर्तनपछि के गर्ने भन्ने दुविधा नेतृत्व तहमा देखिएको औंल्याए ।हालैसम्पन्न निर्वाचन कांग्रेसको पक्षमा हुन नसकेपनि अब बिचलिन नभई नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया