काठमाडौं, १९ चैत । निर्वाचन समीक्षा लगायत राजनीतिक विषयमा छलफल गर्न बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।शुक्रबारबाट सुरु भएको बैठकको पहिलो दिन नेताहरुले समसामयिक राजनीति र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा गरेका थिए ।शनिबार बिहन १० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आज पनि नेताहरुले आ–आफ्नो धारणा राख्ने छन् ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जारी केन्द्रीय समिति बैठकमा नेताहरुले बोल्ने क्रम सुरु भएको र आज पनि नेताहरुले आफ्नो धारणा राख्ने बताए ।शुक्रबारको बैठकमा पार्टीका शीर्ष नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र नारायण खड्काले धारणा राखेका थिए । उनीहरुले निर्वाचनमा पार्टीले बेर्होनुपरेको हारको मुख्य जिम्मेवार कांग्रेस सभापति शेरबहादुर देउवा भएको भन्दै उनको कडा आलोचना गरेका थिए ।निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा आ–आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले केन्द्रीय समिति बैठक केही दिन चल्न सक्ने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया