पूर्वप्रम सुशील कोइरालाका भाइ विजयकुमार कोइरालाको निधन

काठमाडौँ, ८ चैत – नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाका भाइ विजयकुमार कोइरालाको आज निधन भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७४ वर्षीय कोइरालाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको काँग्रेसले जनाएको छ । काँग्रेस बाँकेका नेता कोइरालाले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।कोइरालाको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?