काठमाडौँ, ६ -नेपाली काँग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ ।पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ ।विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित खाणले त्यसको ठिक १० वर्षपछि अर्थात २०५४ सालमा नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी पाएका थिए ।विसं २०५६ देखि पार्टीको केन्द्रीय सदस्य रहेका खाणसँग तीन पटक विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव छ । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।संघीय संसद्मा प्रमुख प्रतिपक्षमा रहेको काँग्रेसले सरकारसँग सहकार्य गरेर दलको भूमिकालाई सशक्त तुल्याउनु पर्ने कार्य उनका लागि निकै चुनौती र अवसरका रुपमा रहेको छ ।मुख्य सचेतकमा मनोनयन हुनुभएपछि उनले काँग्रेसले संघीय संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया