काठमाडौं । बिहीवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्दैछन् ।
प्रधानमन्त्री ओलीले आज ७ मन्त्रीसहित १ राज्यमन्त्रीको जिम्मेवारी दिन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले यसअघि जेठ २१ गते जसपाका ८ र २ राज्यमन्त्रीसहित १० जनालाई जिम्मेवारी दिएका थिए । बाँकी रहेका अन्य ७ मन्त्रालयमा जिम्मेवारी लिएका ओलीले आज जिम्मेवारी बाँडफाँड गर्न लागेका हुन् ।
जसअनुसार गृहमन्त्री खगराज अधिकारी र सञ्चार एवम् सूचना प्रविधिमन्त्रीमा नैनकला थापासहित ८ मन्त्री नियुक्त गर्न लागेको स्रोतले जनाएको छ । मन्त्री बन्न लागेकी थापा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।
त्यस्तैगरी बाँकी रहेको वन मन्त्रालयको जिम्मेवारी नारदमुनी राना, कृषिमन्त्रालयको जिम्मेवारी ज्वालाकुमारी शाह, सामान्य प्रम्शासनमन्त्रीमा गणेश पहाडी, उद्योगमन्त्रीको जिम्मेवारी राजकिशोर यादवलाई दिन लागिएको स्रोतले जनएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैसँग राखी आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । भने मोहन बानिँयालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहतमा रहनेगरी जिम्मेवारी दिन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया