विराटनगर, ६ चैत – प्रदेश नं १ को मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले विभिन्न चारवटा निर्णय गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी बैठकको निर्णय सार्वजनिक गरेको हो । बैठकले प्रदेश कानून निर्माणका लागि पूर्वसांसद रेवतीरमण भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय कानून मस्यौदा सुझाव समिति गठन गरेको छ ।यस्तै प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले बताए ।त्यस्तै विनियोजिन विधेयक–२०७४ का लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको प्रवक्ता कार्कीले बताए । बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयकको मस्यौदा स्वीकृत गरी भोलि बस्ने प्रदेशसभाको वैठकमा पेश गर्र्ने निर्णय गरेको छ । प्रदेश सरकारले चैत मसान्तभित्र सबै कानून निर्माण गरिसक्ने प्रवक्ता कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया