१३ चैत्र २०७९, सोमवार

एकाबिहानै चक्रपथमा देखिए कुचो बोक्नेहरु !

२०७४,आश्विन,२१,शनिवार ०६:०४

0
Shares

काठमाडौं, २१ असोज– चक्रपथ सफाइको आठौ हप्ता शनिबरसम्म पग्दा सहभागीहरुको जनलहर छाएको छ । पहिलो पटक चक्रपथको बाफलबाट सुरु अभियान अन्तर्गत शनिबार सीतापाइलादेखि स्वयम्भ हलचोक सफाई गरिएको छ ।चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु भएको थियो । तर अहिले त्यसमा सहभागीहरुको संख्या वढदो देखिएको हो । शनिबारको सफाईमा शशष्ट पहरी, जनपथ प्रहरी, टाफिक प्रहरी, नागार्जन नगरपालिकाका मेयर, काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरुसहितको तीन सय भन्दा वढी सहभागी थिए ।सडकमा भएको ढुलो वढार्ने, सडक छेउमा रहेका झारपाट काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्नेलगायतको सफाईको काम भएको थियो । सफाईको काम विहान सात वजेदेखि नौ बजेसम्म भएको थियो ।सफाई अभियान हरेक शनिबार विहान सात वजेदेखि नौ बजेसम्म दुई घण्टा सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरले बताउनुभयो । “हामी झार खान्छौ तर हार खाँंदैनौ”, अभियन्ता कुँंवरले भन्नुभयो, चक्रपथलाई सफा गरी हराभरा योजना बनाएका छौं ।कुनै सरकारी, गैरसरकारी संस्थाबाट सहयोग नभई व्यक्तिगत रुपवाट नै सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा चक्रपथ ओरपरका कसैको पनि व्यक्तिगत स्वार्थ छैन, समाजकै लागि हो, कुँंवरले भने । सफाईका लागि आवश्यक ज्याकेट, पंन्जा, माक्स, डोको, सावेललगायत खानेपानी सवै सामुहिक रुपमै ब्यवस्था गरिएको थियो ।चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत दुई वर्ष अगाडि सात हप्ता यस्तै सफाई अभियान चलेको थियो । त्यस क्रममा सफाईका साथै बन विभागबाट दुई सय वटा विरुवा ल्याई रोपिएको पनि थियो । तर चक्रपथ विस्तार सञ्चालनको खवरपछि अभियान रोकिएको थियो । चक्रपथमा बढदो सवारी चाप एवं मानिसको चापका कारण दिन प्रतिदिन बढदो फोहर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेका कारण चक्रपथ सफाई अभियानको थालनी गरिएको हो ।अभियन्ता कुँंवरले अहिले पनि चक्रपथ विस्तार योजना रहेकोले सफाई मात्रै गर्ने बताए । चक्रपथ विस्तारपछि चक्रपथ आसपास हराभरा बनाउन वृक्षारोपण गर्ने र चक्रपथ सुगन्धित बनाउने योजना रहेको सुनाए ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार ०६:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नं १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिकरूपमा रु

कोशी । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू

काठमाडौं । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६