१८ चैत्र २०७९, शनिवार

ओझेलमा पर्यटकीयस्थल मार्गा पोखरी

२०७४,आश्विन,२०,शुक्रवार ०४:५८

0
Shares

तेह्रथुम, २० असोज ।तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी उचित संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।धार्मिक महत्व रहेको पर्यटकीय हिसाबले जिल्लाकै एक महत्वपूर्ण मानिने मार्गा पोखरीको संरक्षण गर्न कसैको ध्यान पुगेको छैन ।तेह्रथुम र धनकुटाका समेत केही गाउँहरु पर्ने ऐतिहासिक छथर क्षेत्र उत्कृष्ट पर्यटकीयस्थल बन्ने सम्भावना भएर पनि संरक्षण नहुँदा मार्गा पोखरी वर्षेनी सुक्दै गएको छ । गत वर्षभन्दा यस वर्ष बर्खामा पानीको मात्रा घटेको स्थानीयले बताएका छन् ।यो पोखरीको विकासका लागि स्थानीयवासीले विगत लामो समयदेखि प्रयास गर्दै आएका छन् । तर सरकारी निकायबाट कुनै पनि पहल नहुँदा पोखरीको विकासमा उल्लेख्य काम गर्न नसकिएको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए ।धनकुटा र तेह्रथुमको बीचमा रहेको मार्गा पोखरीको विकासका लागि तत्कालिन जिल्ला विकास समितिको कार्यालयले छथरको पञ्चवर्षीय योजना नै बनाएको थियो । तर त्यो योजना कार्यान्वयन भएन । कारण थियो पोखरीको संरक्षण गरेपछि त्यसको लाभ भने तेह्रथुमभन्दा धनकुटाका बासिन्दाले बढी लिन्छन् भन्ने । दुई जिल्लाको बीचमा भएकै कारण पोखरीको धार्मिक महत्व र पर्यटकीय सम्भावना मरेर गएको स्थानीयले गुनासो गरेका छन् ।त्यसो त सरकारी निकायले चासो नदिँदा पर्यटकीयस्थलको विकास हुन नसकेको भन्दै यहाँका युवाले पनि पटकपटक मेला र महोत्सवबाट यी स्थलको प्रचारप्रसारको प्रयास गरेका छन् । छथर क्षेत्रकै पर्यटकीयस्थलको विकास गर्न छथर महोत्सवका नामले चार पटक महोत्सव गरिएका छन् । तर त्यसबाट मात्र यी क्षेत्रको पर्याप्त विकास नहुने रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आँखेवाले बताए ।पोखरी संरक्षण र नजिकै रहेको पटेक डाडा“मा पिकनिक स्पट, भ्युटावर निर्माणका लागि गाउँपालिकाले गुरुयोजना बनाएर बजेट विनियोजन गर्ने हो भने अझै पनि मार्गा पोखरी राम्रो पर्यटकीयस्थल बन्न सक्ने आँखेवाको भनाइ छ ।यहाँका स्थानीयसँगै पूर्वका विभिन्न बजार र भारतबाट समेत मार्गा पोखरीमा पूजा र स्नान गर्न आउँछन् । हरेक वर्षको भाद्र पूर्णिमाको अवसरमा यहाँ पूजा र मेलासँगै बिजुवा गुफा समेत बस्ने गरिएको छ ।खासगरी भारतको विहारबाट नजिकको दूरीमा रहेको यो क्षेत्रको पर्यटकीय विकास गर्नसके विहारवासीको नया“ पर्यकटीय गन्तव्य हुन सक्ने देखिन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०४:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै

रसुवा । रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र

सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८