के हो लघु व्यवसाय ? कसरी कमाउने नाफा ?

लोकपथ
156
Shares

काठमाडौं – आय आर्जनका लागि मानिसद्वारा गरिने आर्थिक क्रियाकलाप नै व्यवसाय हो । व्यवसायीहरू आफ्नो जीविकोपार्जन गर्न आर्थिक क्रियाकलापहरूमा संलग्न रहेका हुन्छन् । व्यवसायीहरूले पूँजी लगानी गरी जोखिम बहन गरेबापत त्यसबाट सकेसम्म नाफा कमाउने उद्देश्य लिएका हुन्छन्। व्यवसाय भनेको मुनाफा कमाउने उद्देश्यले गरिने आर्थिक क्रियाकलाप हो।

लघु व्यवसाय भनेको थोरै पूँजी वा उत्पादनका साधनहरूको थोरै प्रयोग गरी सानो स्तरमा गरिने व्यवसाय हो । यस्तो व्यवसाय सामान्यतः पारिवारिक रूपमा सञ्चालन गरिएको हुन्छ । लघु व्यवसायमा आधुनिक प्रविधिको प्रयोग कम गरिन्छ । लघु व्यवसायमा रोजगारीका अवसरहरू पनि कम सृजना हुन्छन् । ठूला उद्योग वा व्यवसायको तुलनामा लघु व्यवसायमा जोखिम पनि थोरै हुन्छ।

लघु व्यवसायका विशेषताहरु : 
-थोरै पूँजी भए हुने
-घरपरिवारले नै व्यवस्थापन गर्न सक्ने
-सानो स्तरमा सुरुवात हुने र जोखिम कम हुने
-साधारण पद्धति र औजारको प्रयोग हुने
-स्वरोजगारी सिर्जना हुन सक्ने
-आय आर्जन हुने
-स्थानीय साधन तथा स्रोत उपयोगमा आउने

व्यवसायको योजना गर्ने नमूना फाराम
-उत्पादन गर्ने वस्तु/सेवा
-व्यवसाय रहने स्थान
-लक्षित बजार क्षेत्र तथा ग्राहक
-जम्मा उत्पादन लक्ष मासिक/वार्षिक
-आफूसँग भएको पैसा लगानी किन गर्ने ?
-आफूले आफ्नो भविष्यको लागि वैकल्पिक आम्दानीका स्रोतहरू पत्ता लगाउन
-भविष्यमा आफ्नो बढ्दो पारिवारिक आवश्यकतालाई पूरा गर्न
-आफूलाई व्यस्त राख्न र आफ्नो कामबाट सन्तुष्टी प्राप्त गर्न
-आफ्नो कमाउने क्षमता अभिवृद्धि गर्न
-आफ्नो आर्थिक स्वतन्त्रता मजबुत बनाउन
-आर्थिक रूपले सुरक्षित महशुस गर्न
-लगानीको निर्णय गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू
-लगानीले कसरी काम गर्दछ ? आफूले गरेको लगानीको बारेमा दोस्रो पक्षलाई राम्रोसँग बुझाउन सक्नुपर्छ ।

आफ्नो लक्ष्य के हो ? 
यो लगानीको जोखिम के के छ ? जोखिम न्यूनीकरण वा जोखिम आत्मसात गर्न सकिन्छ ?

आफूले लगानीबाट कति कमाउने अपेक्षा छ ? यो यथार्थपरक छ ?

लगानी केमा कहिलेसम्म गर्ने योजना छ ? समय अवधि के/कति हो ?

आफूले अन्य लगानी केही गर्नुभएको अनुभव छ ?

लगानीकर्ताको हैसियतले प्रत्येक पटक लगानीको निरीक्षण गर्नुपर्ने हुन्छ। यसो गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ ।

आफ्नो लगानीको प्रतिफल निकाल्नु पर्छ। यसको लागि आफूले आर्थिक सल्लाहकार राख्न सकिन्छ । लगानी गर्दैगर्दाको सफलतालाई आफ्नो लक्ष्यसँग तुलना गर्नुपर्छ । जस्तैः आफूले कति लगानी गरिएको थियो उपलब्धि कति सोचिएको थियो । आजको दिनमा लगानीको मूल्याङ्कन

कति भएको छ लगानीबाट कति प्रतिफल प्राप्त भएको छ ।

आफूले गरेको अन्य लगानी र गर्दै गरेको लगानीको प्रतिफल जाँच्नुपर्छ तुलना गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?