सडक पुगेपछि फेरियो चिमखोला र कुइनेमङ्गलेको परिचय

RSS
0
Shares
DofUbLsf] lrdvf]nf ufpF DofUbLsf] /3’u+uf ufpFkflnsf & l:yt lrdvf]nf ufpF . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;

म्यागदी । यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको म्याग्दीको कुइनेमङ्गले गाउँको परिचय अहिले भने फेरिएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ मा पर्ने कुइनेमङ्गलेको घ्यासीखर्कमा यातायातका साधन पुगेपछि गाउँको सौन्दर्यमा शिक्षा, स्वास्थ्य र जनचेतनाको विकासले निखारता ल्याएको छ । गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माणमा स्थानीय सरकारसँगै सङ्घीय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ ।

तीन वर्षको लगातारको प्रयासपछि सडकको ट्र्याक निर्माणले पूर्णता पाएपछि गत फागुनको दोस्रो साता दर्मिजा, चिमखोला र कुइनेमङ्गले गाउँमा सडक पुगेको हो । सडक पुगेपछि यी गाउँको मुहार उज्यालिएको हो । विसं २०७४ मा ट्र्याक खोल्न शुरु गरिएको उक्त सडकमा गण्डकी प्रदेश सरकार, रघुगङ्गा गाउँपालिका र तुदी पावर कम्पनीको गरी रु १८ करोडभन्दा बढी रकम खर्च भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

“आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म यस सडकखण्डमा रु १८ करोडभन्दा बढी बजेट खर्च भएको छ”, उहाँले भन्नुभयो, “सडक पुगेपछि यस क्षेत्रका तीनवटा वडामा विकासको ढोका खुलेको छ भने जनजीवन पनि सहज भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार यस सडकमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट कूल रु चार करोड पाँच लाख ७२ हजार ६८७ खर्च भएको छ । गाउँपालिका अध्यक्ष भण्डारीले व्यक्तिगतरूपमा रु १० लाख लगानी गर्नुभएको छ ।

त्यसैगरी यस वर्ष गाउँपालिकाको पहलमा चिमखोला र कुइनेमङ्गले क्षेत्रमा जलविद्युत् निर्माण शुरु गरेका तुँदी हाइड्रोपावर र संयुक्त ऊर्जा प्रालिले रु ११ करोड बजेट यस क्षेत्रको सडक निर्माणमा खर्चिएको जनाएका छन् । सडक डिभिजन कार्यालयले तीन वर्षको अवधिमा रु दुई करोड ७६ लाख ४९ हजार ५२४ विनियोजन भई काम गरेको पाइएको छ ।

ट्र्याक खुलेपछि हिजोआज दैनिकरूपमा जीप, बोलेरो, ट्र्याक्टर, मोटरसाइकल आवतजावत गर्ने थालेका छन् । यातायातका साधन सञ्चालन भएपछि गाउँ शहरसँग जोडिएको छ । स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ । कुइनेम्ङगले गाउँ अझै पनि धेरैलाई दुर्गम नै लाग्छ तर शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासको पूर्वाधारले गति लिन थालेपछि गाउँको सुन्दरतामा परिवर्तन भएको छ । गाउँका स्थानीयवासी शिक्षित बन्दै गएका छन् ।

स्वास्थ्य, शिक्षा, खानेपानी यातायातलगायत विकासका पूर्वाधारले कुइनेमङ्गले गाउँ जोडिँदै गएको स्थानीय बुद्धिजीवी हरि छन्त्यालले बताउनुभयो । अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत् निर्माण गर्ने कम्पनीसँगको साझेदारीमा सडकको ट्र्याक निर्माण सम्भव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?