अमेरिका र चीनबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा

लोकपथ
0
Shares

एजेन्सी । अमेरिका र चीनका उच्च अधिकारीबीच भएको वार्तामा एकअर्काको तीव्र आलोचना गरेका छन् । जो बाइडेन सत्तामा आएपछि पहिलोपटक अमेरिका र चीनबीच वार्ता भएको हो । अलास्कामा भएको वार्तामा अमेरिका र चीनले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका हुन् ।

चिनियाँ अधिकारीलेहरुले अमेरिकाले विभिन्न देशहरुलाई चीनमाथि ‘आक्रमण’ गर्न उक्साएको आरोप लगाए । यस्तै अमेरिकाले चीन पनि सोही रुपमा प्रस्तुत भएको आरोप लगायो ।अमेरिका र चीनबीचको सम्बन्ध अहिले तनावपूर्ण अवस्थामा छ ।

अलास्कामा भएको वार्तामा अमेरिकाले युगुर मुस्लिममाथि भइरहेको ज्यादतीसहितका विषय उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।आरोप–प्रत्यारोपूर्ण वार्तामा अमेरिकाका तर्फबाट विदेश मन्त्री एन्टोनी ब्लिङ्कन र राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानसहितका अधिकारी सहभागी थिए ।

यस्तै चीनको तर्फबाट शीर्ष परराष्ट्र नीति अधिकारी याङ्ग जिएची र विदेश मन्त्री वाङ्ग यी सहभागी रहे । वार्ता तनावपूर्ण भएको खबर आइरहेका बेला अमेरिकी अधिकारीले बन्द कोठामा भएको झण्डै दुई घण्टासम्म भएको वार्ता बस्तुपरक, गम्भीर र निकास उन्मुख रहेको दाबी गरेका छन् ।

गोप्य वार्ता पहिले अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले चीनले शिन्जियाङ्ग, हङकङ तथा ताइवानमा गरिरहेको व्यवहार, अमेरिकामा गरिरहेको साइबर आक्रमण तथा आर्थिक रुपमा भइरहेको बल प्रयोगमा चासो रहेको बताएका थिए । यसले विश्व समुदायलाई नै गम्भीर चेतावनी दिएको उनले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?