काठमाडौं । दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गूडविल ज्वेलिथिनीको आज (शुक्रवार) ७२ वर्षको उमेरमा निधन भएको छ ।
मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा भर्ना भएका राजा गूडविलको शुक्रवार निधन भएको राजदरबारले घोषणा गरेको छ ।
राजदरबारले जारी गरेको विज्ञप्तिमा जुलु देशका राजा गूडविल ज्वेलिथिनीको शुक्रवार बिहान निधन भएको उल्लेख छ ।
राजा गूडविलले जुलु देशको राजाका रुपमा निकै लामो अवधि शासन गरेका थिए । उनको शासनकाल झण्डै पाँच दशक रहेको थियो । सन् १९४८ मा उत्तरी क्वाजुलु–नाटालको नोङ्गोमामा जन्मेका गूडविल सन् १९६८ देखि राजगद्दीमा रहेका थिए ।
परम्परागत नेतृत्व सम्बन्धी दक्षिण अफ्रिकाको संविधान बमोजिम जुलु राजाले आफ्नो समुदायको प्रतिनिधित्व गर्न सक्ने व्यवस्था छ । हाल यो पद कार्यकारी नभएर समुदायको प्रतिष्ठा र संस्कृतिसँग जोडिएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया