कोरोना अपडेट: ५९ जना संक्रमित, ६० जना निको

RSS
0
Shares

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा ५९ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ७१५ को स्वास्थ्य परीक्षण गर्दा २५ महिला र ३४ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाको कारण मृत्यु हुनेको थप सङ्ख्या एक रहेको छ ।

त्यस्तै थप ६० जना निको भएका छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ । अहिले देशभर ८७० सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५६ क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् ।

हालसम्म नेपालमा २१ लाख ९९ हजार ९५० को पिसिआर परीक्षण भएको छ । हालसम्म तीन हजार १२ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?