काठमाडौं । सप्तरीमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुरूङगा नगरपालिका ५ का २८ वर्षीय नरेश मण्डल धानुक रहेका छन् । धानुकलाई हिजो सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।
धानुकले ती बालिकालाई फागुन १९ गते बेलुकी जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरीले धानुकलाई बिराटनगर नगरपालिका १५ मा लुकीछिपी हिँडडुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया