३४ औं विवाह वर्षगाँठ मनाउँदै दिपकले लेखे भावुक स्ट्याटस

काठमाडौं । अभिनेता दिपकराज गिरी र मेनुका गिरीले आज ३४ औं विवाह वर्षगाँठ मनाउँदै छन् ।

कलाकार गिरीले आज (मंगलवार) बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र श्रीमतीको तस्वीर र साहित्य पोष्ट गर्दै श्रीमतिलाई विवाह वर्षगाँठको शुभकामना दिएका छन् । उनीहरुका २ छोरा र एक छोरी छन् ।

उनीहरुलाई फ्यान तथा शुभ चिन्तकहरुले फेसबुकमा बधाई तथा शुभकामना दिएका छन् ।

रिल लाइफमा जोडी रहेका कलाकार दिपक राज गिरी र दिपा श्री निरौलालाई कतिपय दर्शकले श्रीमान् श्रीमती ठान्दै आएका छन् ।

उनले लेखेका छन् :

कति कुरा नभनेर नै मीठा मीठा होलान
तर कति कुरा भनिएन भने तीता हुन सक्छन
तिमिले मलाइ पायौ ,केबल मलाइ मात्रै पायौ
अनियन्त्रित एक सवारी लाइ सहि बाटोमा ल्यायौ
मेरा खुशिलाइ आफ्नै खुशि ठान्यौ ,मेरा दुखमा धेरै ऑशु झार्यौ
तिमिलाइ के भनौ, कसरी भनौ ,तिमि छौ कस्तो
आफै खर्चिएर अरूलाइ उज्यालो दिने ,मैनबत्ति जस्तो..
३४ बर्ष पुगेछ संग संगै हिडेको
कहि डगमाउन दिइनौ सम्हालेर ल्यायौ,
था छैन बदलामा तिमिले के पायौ
मलाइ न सोध मेरो ३४ बर्ष कस्तो भो
एक सुख्खा बृक्षले पानि पाए जस्तो भो ..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?