माओवादीले नेपालको व्यवस्थालाई तहस नहस बनाए- मुख्यमन्त्री योगी आदित्यनाथ

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको व्यवस्थालाई माओवादीले तहस नहस बनाएको टिप्पणी गरेका छन्।

सोमवार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजका सबै वर्गलाई साथ लिएर नहिँडेको अवस्थामा नेपालमा माओवादजस्तै एउटा विकृत रुप देखा पर्ने बताएका हुन् । उनले भारतका थारु समुदायका बारेमा बोल्दै यस्तो विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

समाजमा आफ्ना माथि हुने भेदभावले विकृत रुप देखापर्ने उनको भनाइ थियो । यस्तै रुप नेपालमा माओवादका रुपमा देखा परेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?