कोरोना अपडेट: ८९ जना सङ्क्रमित, ४१ जना सङ्क्रमण मुक्त

RSS
0
Shares

काठमाडौँ- देशभरमा आज ८९ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१ जना सङ्क्रमण मुक्त भएका छन् ।

आज थपिएका सङ्क्रमितमध्ये पुरुष ४९ र महिला ४० रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणमुक्त भएका ४१ समेत गरी आजसम्म दुई लाख ७० हजार ९२७ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ८१० पुगेको छ । काठमाडौँमा ४५ ललितपुर छ र भक्तपुर छ गरी ५७ नयाँ सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी चार हजार ३९९ नमूना परीक्षण भएको थियो ।

हालसम्म २१ लाख ९७ हजार २३५ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ७५ हजार ४११ परीक्षण भएको बताइएको छ । कोभिड–१९ कारण हालसम्म देशभरका तीन हजार ११ को मृत्यु भइसकेको छ । हाल क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ५५ रहेको बताइएको छ ।

सरकारले सञ्चालन गरेको खोप कार्यक्रमबाट लक्षित पेशा वा उमेर समूहका कोही पनि छुट्न नदिन स्थानीय सरकारले ध्यान दिनुपर्नेमा प्रवक्ता गौतमले जोड दिए । नागरिकले पनि खोप लगाएपछि पनि दूरी कायम गर्नुपर्ने र हातको सफाइमा ध्यान दिनुपर्ने उनले बताए ।

यही फागुन २३ गते आइतबारबाट ६५ वर्ष पूरा भएका नागरिकलाई खोप सञ्चालन भइरहेकामा कतिपयले उमेर खुल्न कागजात नभएकाले खोप लगाउन नपाएको भनी गुनासो आएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?