मोदीलाई मार्ने धम्की आएपछि क्यानडामा भारतीय कूटनीतिज्ञलाई उच्च सुरक्षा

ओटावा – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की आएको उल्लेख गर्दै क्यानडास्थिति भारतीय कूटनीतिज्ञहरुलाई उच्च सुरक्षा प्रदान गरिएको बताएका छन् ।

प्रो-खालिस्तानी अतिवादी समूहले मार्ने धम्की दिएको भन्ने सूचनापछि क्यानडामा रहेका भारतीय कूटनीतिज्ञहरुलाई सैन्य सुरक्षा प्रदान गरिएको छ । ट्रुडो सरकारले गत शुक्रबार ओटावास्थित भारतीय दूतावाको सुरक्षाका लागि रोयल क्यानेडियन प्रहरीको संख्या बढाइएको बताएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले क्यानेडियन समकक्षीसँगको संवादमा क्रममा क्यान्डका विदेश मन्त्री म्याक गार्नेउले यस्तो बताएका हुन् । डिसेम्बरमा भ्याकुभर र ओटावास्थित भारतीय कूटनीतिज्ञहरुलाई मार्ने धम्की आएको क्यानेडियन अधिकारीहरुले बताएका छन् ।

यसविरुद्ध भ्यानकुभरमा दुईवटा उजुरीसमेत दर्ता भएका छन् । क्यानेडियन विदेश मन्त्रालयले फेब्रअरीमा जारी गरेको विज्ञप्ति अनुसार इन्द्रजित सिहं ब्यन्सको नामबाट मार्ने धम्की आएको जनाइएको छ ।

उनले भ्याकुभरबाट फेसबुकमार्फत प्रधानमन्त्री मोदीलाई मार्ने धम्की दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?