सामान लोड गर्ने क्रममा करेन्ट लागेर सह-चालकको मृत्यु

सुनसरी । मोरङ बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ ।

आईतवार राती ९ बजे दुहबी-२ मा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह-चालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते उनको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?