पाकिस्तानमा प्रहरीको कारवाहीमा परी ५ जना आतंककारीको मृत्यु

RSS
0
Shares

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिम जिल्ला मुस्तुङमा आज (सोमवार) बिहान प्रहरीले गरेको एक कारवाहीमा परी कम्तीमा पाँच आतंककारी मारिएका छन् । आतंककारीविरुद्ध कारबाही गर्ने प्रहरी विभाग (सीटीडी) ले यो कारबाही जारी राखेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

सीटीडीका प्रहरी जवानले आतंककारी लुकेर बसेका ठाउँलाई घेरा हाली र आतंककारीहरूलाई आत्मसमर्पण गर्नको लागि आग्रह गरेको जनाइएको छ । तर आतंककारीको समूहतर्फबाट गोलीबारी शुरु भएपछि प्रहरीको जवाफी कारवाहीको क्रममा कम्तीमा पाँच आतंककारीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रहरी कारबाहीको क्रममा मारिएका ती आतंककारीहरुले बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा आक्रमण गर्ने योजना गरिरहेका प्रहरीले खुलाशा गरेको छ । आतंककारीको तर्फबाट भारी मात्रामा विस्फोटक पदार्थ , स्वचालित हतियार, रिमोट कन्ट्रोलहरु बरामद भएको प्रहरी स्रोतले जानकारी दिएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?