‘सर्वोच्चको फैसलामा हाम्रो गम्भीर असहमती’- नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चको फैसला गलत भएको बताएका छन् ।

सर्वोच्च अदालतको आजको फैसला अस्वभाविक ,संविधान एवं कानूनको बर्खिलाप, राजनीतिक आग्रहप्रेरित र गलत छ। हाम्रो गम्भीर असहमति । थप कुरा भोलि बस्ने स्थायी कमिटीको वैठकबाट’, श्रेष्ठले ट्वीटरमार्फत भनेका छन् ।

ओली पक्षीय संसदीय दलले भने सर्वोच्चको फैसला स्वीकार गर्ने निर्णय गरको छ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वकै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?