सूर्य चिन्ह कसको भन्ने भ्रम रहेन, एमालेको बैठक बोलाउँछु- प्रधानमन्त्री ओली

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले अब सूर्य चिह्न कसको भन्ने भ्रम नरहेको बताएका छन् ।

संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले तत्कालै नेकपा एमालेको बैठक बोलाउने पनि बताएका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेललाई दिएसँगै पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्युँतिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रमबारे सांसदलाई जानकारी गराउँदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?