सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै ठाँउमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
ईलाम सुर्योदय नगरपालिका ९ पान्दम डाँडागाउँस्थित सडकमा प्रदेश १-०१-००१ ह ७९०१ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर आज (आइतवार) बिहान दुर्घटना हुँदा अटो चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सुकमान राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारको लागि फिक्कल अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देही तिलोत्तमा नगरपालिका १७ बरौलियाडाँडास्थित सडकमा लु ५० प २२०३ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई आइतवार बिहान दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ३१ वर्षीय युवराज गैरेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गैरेको चौराहा हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?