ब्राजिलमा कोरोनाका कारण एकै दिन १५ सय जनाको मृत्यु

RSS
0
Shares

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको हो ।

योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको संख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा एकै दिनमा ६९ हजार ६०९ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरिएको छ । योसँगै कुल संक्रमितको संख्या एक करोड नौ लाख ३८ हजार पुगेको छ ।

दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो । यसअघि गत बुधवार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?