मध्यराति हायस र मोटरसाईकल ठोक्कियो, दुई जनाको मृत्यु

मोरङ । मोरङ सुन्दरहरैचा नगरपालिका(७ गोठगाऊ स्थित पुर्व-पश्चिम राजमार्गमा हायस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

गएराति १ः४५ बजेको समयमा बा४ ख ६९६ नम्बरको हाइस गाडी र विपरित दिशाबाट आउँदै गरेको प्र२-०२-००१ प३८७८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी मोटरसाईकलमा सवार बेलबारी-११ बस्ने २१ बर्षीय अर्जुन न्यौपाने र सोही स्थान बस्ने २१ वर्षीय मनोज कटुवाल घाईते भई कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सो दुर्घटनामा हायस चालक काठमाडौं बस्ने गणेश थापा र सह-चालक बेलबारी बस्ने उत्सब गिरी समेत घाईते भई बिराट अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटना भएका दुवै सवारी साधन नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?