चीनले उपलब्ध गराएको कोभिड १९ को खोप लगाउन डराए पाकिस्तानी जनता

इस्लामावाद । पाकिस्तानमा चीनले अनुदानमा उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोपप्रति आशंका गरिएको छ । चीनले खोप उपलब्ध गराएपछि बल्ल खोप अभियान शुरु भएको पाकिस्तानमा स्थानीयहरुले आशंका व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री इमरान खानले कोभिड १९ खोपको खरिदलाई द्रूत तुल्याउने चिनियाँ निर्देशन पालना गरेपछि पाकिस्तानमा दुविधा उत्पन्‍न भएको हो । चीन सरकारले पाकिस्तानलाई चिनियाँ खोप प्रयोग गर्न दबाव दिएको थियो ।

भारतले छिमेकी मुलुकहरुमा विश्‍व स्वास्थ्य संगठनले मान्यता दिएको कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएपछि आत्तिएको चीनले छिमेकी मुलुकहरुलाई आफ्नो खोप प्रयोग गर्न दबाव दिइरहेको छ ।

दक्षिण एसियामा चिनियाँ खोप प्रयोग भइरहेको मुलुक पाकिस्तानमात्रै रहेको छ । जसका कारण पाकिस्तानी नागरिकहरुमा आशंका उत्पन्‍न भइरहेको छ ।
अन्य देशहरू जस्तो पाकिस्तानले विदेशी खोप निर्माताहरूसँग कुनै खोप आयातका लागि आग्रह गरेको छैन । पाकिस्तानले आफै पनि खोप उत्पादन गरेको छैन ।

पाकिस्तानले महंगोमा चिनियाँ खोप प्रयोग गरिरहेको छ । तर, चीनले पाकिस्तानलाई यस खोपको प्रभावकारितासम्बन्धी परीक्षण नतिजाहरु उपलब्धसमेत गराएको छैन । पाकिस्तान सरकारले खोप लगाउन निर्देशन दिए पनि नागरिकहरु भने खोप लगाउन डराइरहेका छन् ।

पाकिस्तानमा खोप लगाउनेहरुको सङ्ख्या निकै कम रहेको देखिन्छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?