सवारी साधनको ठक्करबाट चितुवाको मृत्यु

RSS
0
Shares
सांकेतिक तस्वीर

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । हिजो (शनिवार) राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो ।

बच्चाको मुखमा चोट लागेको उनले जानकारी दिए । रातको समयमा चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको उनले जानकारी दिए । ठक्कर दिने सवारी चालकको खोजी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?