काठमाडौं । आज आइतवारदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । कोरोना खोपको दोस्रो चरणअन्तर्गत उक्त उमेर समूहलाई आजदेखि खोप दिन लागिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आज कोरोनाविरुद्धको खोप लगाउँदै छन् । आज बिहान १० बजे प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जनाएका छन् ।
६ हजारभन्दा बढी खोप केन्द्रबाट सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने सरकारको उद्देश्य रहेको छ ।
यस चरणमा जेष्ठ नागरिकबाहेक सवारी चालक, सहचालक तथा शिक्षकहरूलाई पनि कोरोनाविरुद्धको खोप दिइनेछ । साथै १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप दिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया