पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज मौसम बदली रहने अनुमान गरिएको छ । हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागहरुको थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको समेत सम्भावना देखिएको छ ।

यसैगरी आज राती देशका पहाडी भू–भागहरुमा सामान्य बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुको पहाडी भू–भागहरुको थोरै स्थान तथा वाग्मती र प्रदेश १ का एक/दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?