धनगढीको एक फर्निचर उद्योगमा आगलागी

टेकसिँह धामी । धनगढी । केलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ।

आलोक मल्टी कन्सर्न प्रालिमा दिउँसो १२ बजेर १५ मिनेटमा आगलागी भएको हो।

आगलागी भएको २ घन्टा बित्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन।

आगलागी भएको स्थानमा दमकल आइपुगेका छन्। आएका दमकलमा पानी समेत नभएको स्थानियले बताए। गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका दमकल मध्ये धनगढीको दमकलमा पानी समेत नभएको स्थानीयले बताएका हुन्।

उक्त दमकल फेरि पानी भर्न गएको थियो। उक्त फर्निचर उद्योगमा लगभग ५ करोडमो सामान रहेको आलोक मल्टी कन्सर्न प्रालिले जनाएको छ।

उक्त आगलागी भएको स्थानबाट नेपाल आयल निगमको डिपो करिब १०० मिटरको दुरीमा रहेको छ।

आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?