काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरस(कोभिड(१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८३ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना निको हुनेको कुल संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको छ ।
हालसम्म कोरोनाबाट ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाको कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै हालसम्म नेपालमा ८ सय ३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । भने ५८ जना क्वारेन्टाइनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया