काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट २२ तोला ३२ लाल अवैध सुनसहित एक जना भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने ३१ वर्षीय तपास सस्माल रहेका छन् ।
बुधवार दिउसो वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७९२१ नम्बरको टाटा सुमोलाई उक्त नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टाटा सुमोमा सवार सस्मालले झोलामा लुकाई छिपाई ल्याएको बील भर्पाई नभएको उक्त तौलको सुनको सिक्री सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया