उदयपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका ४ शान्तनगर बस्ने २९ वर्षीय दुर्गानन्द चौधरी रहेका छन् ।
चौधरीलाई हिजो (बिहीवार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उदयपुर बस्ने ती किशोरीलाई चौधरीले फागुन ११ गते छलकपट झुक्यानमा पारी भक्तपुर मध्यपुर ठिमि नगरपालिका ३ गठ्ठाघर ठिमी पुर्याई जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया